भानु जयन्तीको अवसरमा इन्टरनेशनल स्कुलद्धारा कविता वाचन प्रतियोगिता

प्रकाशित मिति:

महेन्द्रनगर । २१० औँ भानु जयन्तीका अवसरमा कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुल अन्तर्गत सिर्जनशिल बाल क्लबले कविता वाचन प्रतियाोगिता आयोजना गरेको छ । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको इन्टरनेशन पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले बताए ।

‘पछिल्लो समय प्राय निजि विद्यालयहरुमा विद्यार्थीहरुलाई अंग्रेजीमा लेख्न, बोल्न, पढ्ने कुरालाई बढी प्राथमिकता दिइएको पाइन्छ ।’ उनले भने ‘त्यसैले प्राय विद्यार्थीहरु नेपालीमा अति नै कमजोर हुन्छन् । त्यसैले हामीले विद्यार्थीहरुलाई अंग्रेजी संगैँ हाम्रो मातृ भाषा लेख्न, पढ्न, बुझन, कला संस्कृति, संस्कार लगाएतका कुरापनि सिकाउन जरुरी छ ।’

उनले अगाडी भने ‘विद्यार्थीहरुलाई अंग्रेजी संगैँ नेपाली भाषा, कला संस्कृति सिकाउन पर्छ भन्ने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको हो ।’ इन्टरनेशनल पब्लिक स्कुलले विद्यार्थीहरुलाई निरन्तर यस्ता अतिरिक्त क्रियाकलाप गराउदैँ, सिकाउदैँ आएको छ । उक्त कविता वाचन प्रतियोगितामा सहभागीहरुले आदिकवि भानुभक्त को जीवनी, आमाको माया, प्रेरणा, जातिय भेदभाव विरुद्ध, देशको सुन्दरता, माया, देश र नेपाली हुनु प्रतिको गर्व लगाएतका विषयमा कविता लेखन तथा वाचन गरेका थिए ।

प्रतियोगितामा सहभागी २३ जनामध्ये कक्षा १० मा अध्यनरत छात्रा मोनिका बोहोरा प्रथम, कक्षा १० मा अध्यनरत छात्रा सम्झना भट्ट द्धितिय, कक्षा ८ मा अध्यनरत छात्र निरज पाल तृतिय र कक्षा ८ मा अध्यनरत छात्र शिरिष भट्टले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तितृय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमा विद्यालयका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत, विद्यालय संस्चालक समितिका अध्यक्ष गणेश बोहोरा, सदस्य गौराज बहादुर लिम्बु, विद्यार्थी अभिभावक प्रतिनिधि आशिष खत्री लगाएतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोल्दैँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले शिक्षा जो कोहीबाट पनि सिक्न विद्यार्थीहरुलाई आग्रह गरे ।

‘आदिकवि भाजुभक्त आचार्य जसरी एउटा गरिव घाँस काटिरहेका व्यक्तिबाट प्रभावित भएर अब मैलेपनि देशका लागी केही गर्नुपर्छ भनेर नेपाली भाषालाई एकिकरण गर्नु भयो, रामायणलाई नेपालीमा लेख्नुभयो ।’ उनले भने ‘त्यसैले शिक्षा राम्रो जानेको, आफु भन्दा ठुलो, पढे लेखेको, महान व्यक्ति बाट मात्र नभएर आफु भन्दा साना, लेख्न पढ्न नजान्ने, गाउँमा बस्ने, गरिव, विपन्न व्यक्तिबाट पनि प्रेरणा ज्ञान शिक्षा लिन सकिन्छ ।’

यस्तै विद्यालय संञ्चालन समितिका अध्यक्ष बोहोराले अंग्रेजी संगैँ नेपाली भाषा, कला संस्कृत, संस्कार सिक्न जरुरी रहेको बताए । यस्तै उनले आफुले सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार