भानु जयन्तीको अवसरमा भीनपा–११ द्धारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शुक्रवार आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीको अवसरमा वडामा रहेका विपन्न परिवारका बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

वडा स्थित विभिन्न टोलहरु बाट सिफारिस भइ आएका १ सय ३५ जना विपन्न परिवारका विद्यार्थी बालवालिकाहरुलाई भानु जयन्तीको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको वडाध्यक्ष प्रकाश थापाले बताए । शैक्षिक सामाग्री पाएपछि बालवालिका तथा अभिभावकहरुले खुशी लगेको बताए ।

ताजा समाचार