महेन्द्रनगरका ६ मेडिकल सिल : चार सञ्चालक पक्राउ, दुई फरार

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाभित्र इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलम प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने दुई जना मेडिकल सञ्चालक फरार भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार र शनिबार छापा मारिएको थियो । जसमा प्रहरीले भीमदत्त नगरपालिका–७ बस्ने विमला उपाध्यायल,त्यस्तै वडा नम्बर १६ मझगाउँका राजेन्द्रबहादुर चन्द,भीमदत्त नगरपालिकाकै १० नम्बर सुकासाल बस्ने सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको अवैध मेडिकलमा छापा मारेर उनलाई पक्राउ गरिएको छ । भने दुबैजना फरार हुन सफल भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार