शिशु कक्षा व्यवस्थापनका लागी विभिन्न सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ ले शिशु कक्षा व्यवस्थापनका लागी विभिन्न सामाग्री वितरण गरेको छ ।

वडा स्थित ३ वटा सामुदायिक विद्यालयका शिशु कक्षा व्यवस्थापनका लागी ३२ इन्चको टेलिभिजन, १५ थान कुर्चि, २ थान टेबुल, लगाएत अन्य शैक्षिक सामाग्री वितरण गरिएको वडाध्यक्ष सुशिल भट्टले बताए ।

शिक्षाको जग नै शिशु कक्षा रहेकोले शैक्षिक सुधारका लागी आवश्यक सामाग्री वितरण गरिएको उनले बताए । उक्त सामाग्री प्राप्त गरेपछि खुशी व्यक्त गर्दै शिक्षक शिक्षिकाहरुले बालवालिकाहरुलाई पढाउन सहज हुने बताए ।

ताजा समाचार