भारतमा हत्या गरिएका रावतको परिवारसङ्ग उपमेयर लेखकद्वारा भेटघाट,खाद्यान्न सामाग्री सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले भारतको दिल्लीमा हत्या गरिएका भीमदत्त नगरपालिका- १३ सोनापुर टोलका कालु रावतको परिवारसङ्ग भेटघाट गरेकी छन् ।

आइतबार नगर उपप्रमुख लेखकले रावतको परिवारसङ्ग भेटघाट सहित केही खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् ।

केही दिन अघि रावतको भारतीय राजधानी दिल्लीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । दिल्लीको शालिमार गार्डन शिमापुरीमा गत साता रावतको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

मजदुरीका लागि दिल्ली शालिमार गार्डेन पुगेका उनको हत्याको कारण खुलेको छैन ।

ताजा समाचार