एमालेले सदन अवरुद्ध गर्ने जुन काम गरिरहेको छ, त्यो घोर गैर जिम्मेवारीपूर्ण काम होः प्रमुख सचेतक लेखक

महेन्द्रनगर । पूर्वमन्त्री एवम् नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरुद्धलाई घोर गैरजिम्मेवारीपूर्ण काम भएको बताएका छन् । बुधवार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश सभा–३(१) कञ्चनपुरको प्रथम प्रदेश सभा क्षेत्रीय सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले त्यसो भनेका हुन् ।

‘असारमा बजेट पास गरिसकेपछि संघिय संसदको कुनैपनि बैठक सुचारु हुन सकेको छैन । आज संसद अवरुद्ध भएको अवस्था छ । धेरैदिन संसद अवरुद्ध भएसकेपछि नेपाली कांग्रेसले पहल गरेर गठबन्धन राजनितिक दलसंग वार्ता,संवाद ग¥यौँ, प्रमुख विपक्षि दल नेकपा एमालेसंग वार्ता ग¥यौँ, शिर्ष नेताहरुका बिचमा संवाद भए, हामीले निकै प¥यास, प्रयत्न ग¥यौँ तर संसद खोल्न सकेनौँ । नेपाली कांग्रेसको संसदिय दलको बैठक अस्ति मात्रै सम्पन्न भएको छ, हामीले बैठकबाट स्पष्ट रुपमा निर्णय गरेका छौँ । सदन भनेको देशका लागि कानुन बनाउने, सरकारलाई सदनकाप्रति उत्तरदायी बनाउने, सदन आफैपनि जनताका प्रति जवाफदेही हुने ठाउँ हो । त्यसैले लामो समयसम्म संसद अवोधले सरकारले काम गर्न सक्दैन, देश र जनताको हितका सदनले काम गर्न सक्दैन,’

उनले भने ‘त्यसैले हामीले प्रमुख विपक्षी दल एमालेलाई आवहन गरेका छौँ–हाम्रा बिमती हुन सक्छन्, बिमतीका बारेमा छलफल गरौँ तर छलफल गर्ने ठाउँ त सदन नै हो नी ! अनि छलफल गर्ने ठाउँलाई अवरोध गरेर कसरी छलफल हुन सक्छ, प्रमुख विपक्षी दल नेकपा एमालेले वा कुनैपनि प्रमुख पक्षिपक्ष दलले आफुलाई ठिक नलागेका कुराहरु सदनमा आलोचनात्मक रुपमा प्रस्तुत गर्न पाउँछ, कहिलेकाही सदनलाई १/२ दिन अवरोध गरेर आफ्ना धारणाहरु सरकार, राष्ट्र र जनतालाई जानकारी दिने कुराले धेरै अस्वभाविक मान्नु हुदैँन तर महिनौँ सम्म सदन चल्न नदिने यो संसदिय व्यवस्थाकाप्रति वितृष्णा फैलन सक्छ ।’

उनले अगाडी भने ‘त्यसैले एमालेले जुन सदन अवरुद्ध गर्ने काम गरेको छ यो काम घोर गैर जिम्मेवारीपूर्ण काम हो भनेर हामीले ठहर गरेका छौँ ।’ कार्यक्रममा उनले प्रमुख प्रतिपक्ष दल एमालेलाई जिम्मेवार भएर संसदिय लोकतन्त्रलाई बलियो बनाउँदै, संसदिय लोकतन्त्र भित्र सबै खालका छलफल अगाडी बढाएर मुलुकलाई निकास दिनका लागि आग्रह गरे । एमाले संसदप्रति पूर्वाग्राही रहेको समेत उनले बताए । ‘नेकपा एमाले आफु सत्तामा हुदाँ संसद विघटन गरि छाड्ने र प्रतिपक्षमा हुदाँ सदन अवरोध गरिछाड्ने सदनका प्रति यस्तो पूर्वाग्राही, भएर उहाँहरु आउनु भएको छ । यो ठिक होइन ।’

उनले भने । राजनितिक स्थिरताका लागि नेपाली कांग्रेसले गठबन्धनलाई स्थायित्व र निरन्तरता दिने नेता लेखकले बताए । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश सभा–३(१) कञ्चनपुरका सभापती पदमराज अवस्थीको अध्यक्षतामा सम्पन्न प्रथम प्रदेश सभा क्षेत्रीय सम्मेलनमा केन्द्रिय सदस्यद्धय यज्ञराज जोशी, जीवन राना, नेपाली काँग्रेस कञ्चनपुरका सभापती एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री, प्रदेश सदस्य, प्रदेश सभा सदस्य लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले कांग्रेसलाई बलियो बनाउन सबैले इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

ताजा समाचार