सामुदायीक चौपायाको व्यवस्थापनका लागि मेयर बोगटीको दौडधुप कायमै, उपमहानिर्देशक कार्कीको टोलीलाई बोलाए फिल्डमा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौँ नंदी (सामुदायिक चौपाया) को दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको छ । सामुदायीक चौपायको व्यवस्थापनका लागि नगरप्रमुख पदम बोगटीले निर्वाचित भएयता थुप्रै दौडधुप तथा प्र¥यास गरे र गरिरहेका छन् ।

विभिन्न ऐन,कानुनी बाधाअड्चन र अन्य कारणले चौपायको व्यवस्थापनका लागि आवश्यक जग्गा नपाउँदा सामुदायीक चौपायको समस्या सभाधान हुन सकेको छैन । धेरै प्र¥यास गर्दापनि अन्य ठाउँमा जग्गा प्राप्त नभएपछि भीमदत्त नगरपालिका–१३ हात्तिसारको पश्चिम तर्फ रहेको महाकाली नदिको बगरको जग्गामा चौपायाको व्यवस्थापन गर्न सम्बधित निकायसंग नगरपालिकाले छलफल अगाडी बढाएको छ ।

शुक्लफाँटा निकुञ्जको किनारमा रहेको सो जग्गामा गिद्द संरक्षण र गौ नंदीको व्यवस्थापनका लागी वन तथा वारतावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीलाई बोलाएर छलफल तथा स्थलगत अनुगमन गरिएको भीमदत्त नगरपालिकाका नगरप्रवक्ता महेन्द्र खड्काले बताए । सो विषयमा केही साता अगाडी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नगरप्रमुख बोगटी, नगर उपप्रमुख नीलम लेखक जोशीले बन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोसंग छलफल गरेका थिए ।

मन्त्रीसंगको छलफल पश्चात आइतवार विभागका उपमहानिर्देशक कार्कीको टोली भीमदत्त नगरपालिका आएको हो । नगरप्रमुख बोगटीको नेतृत्वमा नगर उपप्रमुख लेखक, विभागका उपमहानिर्देशक कार्की, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्कर पाल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वाडेन प्रमोद यादव, वडाध्यक्षहरु लगाएतको टोलीले गिद्द संरक्षण तथा चौपायाको व्यवस्थापनका लागि नगरपालिकाले अगाडी सारेको जग्गाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उक्त जग्गा निकुञ्जको मातहतमा रहेपनि नापी कार्यालयको नक्सा हेर्दा महाकाली नदिको बगर रहेको खुलेको छ । उक्त टोलीले सो जग्गाको स्वामित्व, व्यवस्थापन र टेक्निकल कुरा यकिन गर्न प्राविधिक कार्यदल गठन गरेको छ । गिद्द संरक्षण तथा चौपाया व्यवस्थापनका लागि नगपालिकाले अगाडी सारेको जग्गाको स्वामित्व, व्यवस्थापन र टेक्निकल कुरा यकिन गर्न शुक्लफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रतिनिधि संयोजक, नापी कार्यालय कञ्चनपुर बाट २ जना सदस्य र भीमदत्त नगरपालिकाबाट २ जना सदस्य रहने गरी प्राविधिक कार्यदल गठन गरेको नगरप्रवक्ता खड्काले बताए । उनकाअनुसार उक्त कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गर्नेछ र प्रतिवेदनका आधारमा अन्य काम अगाडी बढ्नेछ ।

यसअघि पनि भीमदत्त नगरपालिकाले चौपायाको व्यवस्थापनका लागि बेदकोट नगरपालिकासंग समन्वय गरी संयुक्त रुपमा व्यवस्थापन गर्न छलफल थाल्यो । तर एक पालिकाले अर्को पालिकालाई रकम हस्तान्त्ररण गर्न नसक्ने कानुनी बाधाले काम अगाडी बढ्न सकेन । यस्तै नगरपालिकाले गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएत, वुद्धिजिवि, जिल्ला समन्वयमा जिल्लाका सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सर्वदलिय बैठक पटक–पटक बसेको थियो ।

बेदकोट नगरपालिका र अन्य क्षेत्रमा चौपाया व्यवस्थापनका लागि गरिएका प्र¥यास बिफल भएपछि नगरपालिकाभित्रै चौपाया व्यवस्थापन गर्न नगरपालिकाले सम्भावित जग्गा खोज्न कार्यदल गठन ग¥यो, उक्त कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सम्भावित जग्गाको अध्ययन अवलोकन गरियो । यद्यपी सम्भावित जग्गामा विभिन्न कानुनी अड्चन र असहयोगका कारण चौपायाको व्यवस्थापन हुन सकेन ।

त्यसपछि नगरपालिकाले भीमदत्त नगरपालिका–७ को सामुदायिक बनमा चौपाया व्यवस्थापनका लागि छलफल अगाडी बढायो । छलफल सकारात्मक भएपछि वनमा स्थायी टहरा निर्माण गर्न नपाइने कानुनी प्रवधानले नगरपालिकाले अस्थायी टहरा निर्माण गर्न खर संकलन ग¥यो । अन्तिममा उक्त वनको कार्यसमितिले अस्थायी टहरा निर्माण गर्ने भएपछि त्यहा काम गर्न दिएन ।

थुप्रै प्रयास गर्दापनि चौपायाको व्यवस्थापन गर्न सफल हुन नसकेको नगरपालिका थाकेको भने छैन । नगरपालिका नेतृत्व चौपायको दिगो व्यवस्थापन कानुनसंगत गर्न निरन्तर प्रयास गरिरहेको छ । चौपायको व्यवस्थापनका लागि नगरपालिकालाई सबैको सहयोगको समेत आवश्यकता रहेको प्रवक्ता खड्काले बताए ।

ताजा समाचार