सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागी नगर उपप्रमुख लेखक नेतृत्वको टोलीले थाल्यो तथ्याङक संकलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागी विभिन्न तथ्याङक संकलन गर्न थाल्येको छ । नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागी विद्यालयको स्थलगत अनुगमन गरी विद्यार्थी संख्या, शिक्षक दरबन्दी, भौतिक संरचना लगाएतको तथ्याङक संकलन गर्न थाल्यको हो ।

सोमवार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीको नेतृत्वमा सामाजिक विकास समिति संयोजक एवम् नगर शिक्षा समिति सदस्य सुशिल भट्ट, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रास कलावती मिश्र भट्ट सहितको टोलीले वडा नम्बर १३ र १६ का सामुदायिक विद्यालयमा पुगेर अनुगमन तथा तथ्याङक संकलन गरेको छ ।

नगर क्षेत्रको शैक्षिक सुधारका लागी विद्यार्थी संख्या, शिक्षक दरबन्दी, भौतिक संरचना लगाएतको तथ्याङक संकलन तथा विद्यालय प्रशासन, कक्षा कोठाको अनुगमन गरिएको नगर उपप्रमुख जोशीले बताइन् ।

उनकाअनुसार आज (मंगलवार) देखी सामुदायिक विद्यालयको अनुगमन तथा तथ्याङक संकलन गर्न प्रारम्भ भएको र यसलाई निरन्तरता दिएर देखिएका सखस्या समाधान गर्ने उनले बताइन् ।

‘विकासको मेरुदण्ड भनेकै शिक्षा हो ।’ उनले भनिन् ‘त्यो कुरालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागी योजना बनाएर विभिन्न तथ्याङक संकलन गरी समस्या समाधानका लागी अगाडी बढेको छ । यसमा सबैको सहयोगको आवश्यक रहन्छ ।’ यसअघि वडा नम्बर ७, ८ का सामुदायीक विद्यालयमा नगरपालिकाले अनुगमन तथा तथ्याङक संकलन गरिसकेको छ ।

ताजा समाचार