बेलडाँडीका युवा थापा सुदूरपश्चिम प्रदेशको कृषिमन्त्रीको स्वकीय सचिव

बिकास सिह महता/कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीका युवा नविन थापा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको स्वकीय सचिवमा नियुक्त भएका छन ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीको स्वकीय सचिवमा थापा लाई साउँन १७ गते नियुक्ति दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को अनुसुची २ को दफा १२ को उपदफा १ संग सम्बन्धित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मन्त्री को निजी सचिवालयमा रहने कर्मचारीको विवरण अनुसार स्वकीय सचिव रा.प. तृतिय श्रेणी वा सो सरह राख्न पाउने व्यवस्था अनुसार उनले उक्त पदमा नियुक्त पाएका हुन।

बेलडाँडी गाँउपालिका वडा नम्बर २ का स्थानीय युवा नेता थापालाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीको स्वकीय सचीवमा नियुक्ती पाएपछि आफुले इमानदारीका साथ निरन्तर कार्यमा अग्रसर रहने र जिम्मेवारी निर्वाह गर्ने युवा थापाले प्रतिबद्धता जाहेर गरेका छन ।

एउटा ग्रामीण क्षेत्रबाट राजनीतिक यात्रा सुरु गरेका युवा थापा सुदूरपश्चिम प्रदेश मा जुझारु युवाका रुपमा समेत चिर परिचीत रहेका छन् । उनको समाजिक सेवामा समेत ठुलो योगदान रहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका बेला सामाजिक सेवामा समेत समर्पित हुँदै विभिन्न ठाउँमा राहत समेत वितरण गरेका थिए। सुप प्रदेश सरकार भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री र राज्य मन्त्री नागरिक उन्मुक्ति पार्टीले पाएको थियो।

ताजा समाचार