नगर उपप्रमुख लेखक नेतृत्वको टोलिद्वारा ट्युसन सेन्टरमा छड्के अनुगमन

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखल जोशी नेतृत्वको टोलिले महेन्द्रनगरमा संचालित ट्युसन सेन्टरहरुमा छड्के अनुगमन गरेको छ ।

मंगलबार नगर क्षेत्रभित्र संचालित मन्टेश्वरी र ट्युसन सेन्टरहरु नगरपालिकाबाट अनुमति लिई विधिवत रुपमा संचालन भएका छन वा छैन,नविकरण तथा पालिकालाई राजश्व तिरे नतिरेको बुझ्न अनुगमन गरिएको नगर उपप्रमुख लेखकले बताइन् ।

उनकाअनुसार अनुगमनका क्रममा नगरपालिकाबाट अनुमती नलिएका र राजश्व नतिरेका ट्युसन सेन्टर, मन्टेश्वरीलाई पहिलो चरणमा सम्झाई बुझाई गरि अनुमती लिन र नवीकरण गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा नगर उपप्रमुख लेखक, सामाजिक बिकास समितीका संयोजक सुशिल कुमार भट्ट , नगर शिक्षा समितीका सदस्य जगत बहादुर चन्द, निर्मला जोशी, निलम आले, शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र भट्ट , शिक्षा शाखा प्रास दिपेन्द्र बिस्ट सहितको उपस्थिति रहेको थियो ।

ताजा समाचार