चन्द्ररेखा ईन्टरर्पाजेज प्रालिद्वारा विपन्न जेहेन्दार विद्यार्थीलाई निःशुल्क टिसर्ट वितरण

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका सामुदायिक विद्यालयका विपन्न जेहेन्दार विद्यार्थीलाई निःशुल्क टिर्सट वितरण गरिएको छ ।

बेलडाँडी गाँउपालिका २ चवन्नीमा रहेको चन्द्ररेखा ईन्टरर्पाजेज प्रालिले बेलडाँडी गाँउपालिका क्षेत्रमा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क टिर्सट वितरण गरेको हो ।

चन्द्ररेखा ईन्टरर्पाजेज प्रालिका संचालक चन्द्रसिह थापाले समाजिक कार्य र विपन्न विद्यार्थीको शैक्षिक कार्यमा सहयोग पु¥याउनका लागि टिर्सट सेट वितरण गरिएको बताए । निःशुल्क कपडा पाएपछि विद्यार्थी हर्षित भएका छन ।

ताजा समाचार