कञ्चनपुरमा भारतीय सहयोगमा निर्मित विद्यालयका दुई भवन उद्धघाटन(फोटोमा हेर्नुस्)

महेन्द्रनगर । भारत सरकारको सहयोगमा निर्मित विद्यालयका दुई भवन उद्घाटन गरिएको छ ।

आइतवार नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले एक कार्यक्रमका विच कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–९ रतनपुरस्थित पशुपति शिक्षा मन्दिरको नयाँ भवन एकसाथ उद्घघाटन गरेका हुन् ।

नयाँँ विद्यालयको भवनमध्ये सिद्धनाथ मावि ३ करोड ४९ लाख ९ सय ४५ र बेलौरीको पशुपति शिक्षा मन्दिरको भवन ३ करोड ७० लाखमा निर्माण भएको थियो ।

भवन उद्धघाटन तथा हस्तान्त्ररण कार्यक्रममा भारतीय राजदुत श्रीस्वास्तवले भारतले नेपालमा भण्डै ५ सय बढी विद्यालयका भवन निर्माण गरेको बताउदैँ आगामी दिनमा पनि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘भारतको सहयोगमा निर्माण भएका यी भवनले यहाँका बालवालिकाहरुको शिक्षामा स्तरोन्नती हुनेछ ।’ उनले भने ‘भारतले नेपालमा हालसम्म ५ सय बढी विद्यालयका भवन निर्माण गरेको छ र भारतले नेपाललाई शिक्षा लगाएत खानेपानी, स्वास्थ्य क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।’

उनले अगाडी भने ‘भारत अहिले विश्वको तेस्रो आर्थिक शक्ति हो । त्यसैले भारतले आफ्नो विकास संगैँ आफ्ना छिमेकी देशको विकासलाईपनि महत्वपूर्ण रुपमा हेरेको छ । भारत सरकारले आगामी दिनमा पनि नेपाललाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगाएतका क्षेत्रमा सहयोग गर्नेछ ।’

यस्तै उनले नेपाल–भारतविचको सीमा विवादसमेत कुटनितिक छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विद्यालयका भवन निर्माण गरिदिएकोमा भारतलाई धन्यवाद दिदैँ यहाँका दुर्गम क्षेत्रका विद्यालयमा गरिएको लगानीले यहाँको शिक्षा क्षेत्रमा स्तरोन्नती हुने बताउदैँ आगामी दिनमा समेत सहयोगका लागि अनुरोध गरे ।

‘भारतको सहयोगमा निर्माण सम्पन्न यी भवनले यहाँको शिक्षा क्षेत्रमा महत्वपूर्ण टेवा पुग्नेछ ।’ उनले भने ‘यसका लागि म भारतलाई धन्यवाद र आगामी दिनमा पनि सहयोगका लागि अनुरोध गर्न चाहन्छु ।’

यस्तै नगरप्रमुख बोगटीले यहाँका सीमा समस्याको समाधानका लागि समेत राजदुत श्रीवास्तवलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष एवम् जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहोराले समेत भारतलाई सहयोगका लागि धन्यवाद दिदैँ नेपाल–भारत विचको सीमा विवादलाई जतिसक्दो छिटो समाधान गर्न आग्रह गरे । ‘बेलौरी लगाएत यहाँका थुप्रै क्षेत्रमा सीमा विवादका कारण बाटो निर्माण हुन सकेको छैन, ग्राभेल समेत हाल्न नपाउँदा बाटो हिलाम्मे भएका कारण ठुलो समस्या खेप्नु परेको छ ।’ उनले भने ‘त्यसैले यो सीमा समस्या छिटोभन्दा छिटो समाधानका लागि समेत पहल गर्न आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा प्रदेश सभा सदस्य मधु भारती, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, विद्यालय व्यवस्थापन समितका अध्यक्ष, शिक्षक, कर्मचारी, विद्यार्थी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार