इन्टरनेशनल पब्लिक स्कुलले भुकम्प पिडितलाई तत्काल ५१ हजार आर्थिक सहयोग गर्ने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रगरस्थित इन्टरनेशनल पब्लिक स्कुलले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारका उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप तत्काल ५१ हजार प्रदान गर्ने निर्णय गरेको छ ।

विद्यालयले भुकम्पमा परेर ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ ।

भुकम्पबाट पिडितहरुलाई तत्काल ५१ हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको इन्टरनेशनल पब्लिक स्कुलले जनाएको छ ।

यस्तै विद्यालयले भुकम्प पिडितहरुको खोज, उद्धार, राहात, उपचार र पुनस्र्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।

ताजा समाचार