महेन्द्रनगर/सञ्जु महर । कञ्चनपुरको महेन्द्रनगर बजार अवस्थित सब्जीमण्डीको अवस्था निकै दुर्गन्धित बन्दै गएको छ ।
उक्त ठाउँमा मासु पसलको कारणले गर्दा दुर्गन्धित बन्दै गएको सब्जीमण्डीका अध्यक्ष प्रेम प्रसाद जोशीले बताएका छन् । उनले भने ,”नयाँ स्थानीय सरकार गठन भएपछि उक्त ठाउँको व्यवस्थापनमा ध्यान छैन्न । उक्त ठाउँमा दर्ता गरेका पसलहरु भन्दापनि बाहिरका आएर बेच्ने र कर नदिइ कारोबार गर्ने गरेका उनले बताएका छन् ।”
त्यसैगरी हाट बजार सहिद गेट तिर सारौं भन्दा पनि स्थानीय सरकारले कुरा नसुनेको जोशीले गुनासो समेत गरेका छन् । दिनभरि बसेर पनि आफ्नो दैनिक खर्च ननिस्कने उक्त ठाउँका व्यापारीहरूले बताए ।
त्यसैगरी उक्त ठाउँका व्यापारी वीर सिंह धामीले विभिन्न जनावरहरूको मासुको दुर्गन्धले गर्दा तरकारीहरू गनाउने र छिटै बिग्रिने बताए । उनले भने,”स्थानीय सरकारले त्यहाँको पसलहरुलाई व्यवस्थित गर्दिए व्यापारहरू निकै राम्रो संग फस्टाउने धामीले बताएका छन् ।”
सब्जीमण्डीको स्थापना २०५२ सालमा भएको र यति बेला ३०,३५ जना ब्याउपारीहरु भएतापनि हाल ७,८ जना मात्र रहेको जोशीले बताएका छन् । पहिले तरकारीहरु भारतबाट ल्याउने र अहिले बन्द भएपछि यहाँकै स्थानीय तरकारी बेच्ने गरेको र व्यापार घट्दै गरेको समेत जोशीले बताए ।
त्यसैगरी हाट बजारको संरचना व्यवस्थित रूपमा निमार्ण नभएको कारणले गर्दा जिर्ण बन्दै गएको उक्त स्थानका व्यापारीहरुले बताएका छन्।