ओझेलमा रहेको रामानुजघाट थप कार्य योजनाको साथ अघि बढ्दै ।

धन सिह धामी / कन्चनपुर/फागुन१० धार्र्मीक तथा पर्यटन क्षेत्रको भरीपुर्ण सम्भावना बोकेको क्षेत्र भीमदत्त नगरपालिका वडा नं.१३ पिपरैयाको झोलुङ्गे पुल नजिक महाकाली किनारमा रहेको स्थलको बारेमा केहि जानकारी राख्न चाहेको छु ।

यसै सन्दर्भमा यहाँको बारेमा स्थानियहरुबाट केहि कुरा बुझ्दै जादा यहाँको बिषय बस्तुमा आधारित स्थानियको भनाई अनुसार यस्तो रहेको छ । पहाडी भेग तथा अन्य क्षेत्रबाट बसोबास सर्ने क्रममा २०२२ सालमा पिपरैया नदिको तटिय किनारमा यो बस्ति बसेको थियो । यस क्षेत्रमा विभिन्न जातजाति वर्गका व्यक्तिहरु बसोबास गर्दै आएका थिए र बस्ती फराकिलो बन्दै गईरहेको थियो ।

यहाँ बसोबास गर्दा यस क्षेत्रका जनतालाई अवसर र चुनौती दुबै रहेको थियो । अवसरको रुपमा नदिय तटिय क्षेत्र भएकोले काठ दाउरा सगंै पशुपालनमा पनि चरन क्षेत्र प्रसस्त रहेको थियो, भने चुनौती नदिको किनारको बस्ती भएकोले त्यो समयमा पानी बस्तीमा पस्ने भुक्षयको समस्या साथै पिचासको त्रास पनि रहेको स्थानियले बताएका छन । यहाँ बर्षौदेखि बस्दै आएका राम बहादुर सिहका अनुसार यस क्षेत्रमा २०३३ सालमा महामारी प्रकोप देखिएको थियो । त्यति वेलाको समयमा यो क्षेत्र विकास र शिक्षा, स्वास्थ्यको पहुचबाट पर रहेको थियो ।

त्यो समयमा मानिसहरु आफ्नो कुलदेवता भगवान प्रति धेरै आस्था राख्ने धामी,झाक्रिमा बिश्वास धेरै राख्ने गरेको स्थानियले बताए । यो बस्तीमा एक जना भेकुडी देवी बोहरामा श्री घटाल बाबाको शक्ति रहेको थियो जसको कारण उहाँको वाणिले नजिकै रहेको गुठेलको रुखमा देवि कालिको पुजा गरे पश्चात महामारीबाट छुटकारा मिलेको स्थानियको भनाई रहेको छ ।

उक्त क्षेत्रमा २०५० सालदेखि महाकाली नदिको वहावले यस बस्ती तर्फ कटानि सुरु गरेको थियो भने २०५४ सालमा स्थानियहरुले कालिको पुजा गर्ने गरेको गुठेलको रुख सहित झण्डा,घण्ट,नेजा,त्रिशुल बगाएपछि भेकुडी देवि बोहराको शक्ति बाणिबाट एक जना स्थानियलाई त्यो रुखबाट नेजा,त्रिशुल,घण्टी ल्याएर बस्ती नजिकको रुखमा पुनः स्थापना गर्न आदेश दिएपछि बग्दै गरेको नदिका बिचमा गएर ल्याएपछि बस्ती नजिकै गुठेलको रुखमा पुजा गर्ने कार्य निरन्तर चलिरहेको स्थानियले बताउछन ।

भेकुडी देवि बोहराले श्री घटाल बाबाको कृपा वाणि बोलेका थिए कि यहि ठाउँमा ‘स्वर्ग’ अर्थात व्यवस्थित सुविधा सम्पन्न क्षेत्र हुने छ, अहिले आएर त्यो कुरा सत्य सावित भएको स्थानिय विष्णु बहादुर सिहले बताउनु भएको छ । अहिले यो क्षेत्रमा झोलुङ्गे पुल निमार्ण भएपछि तटबन्द बाधियो भने बन्दको भित्र पट्टि बस्ती नजिक गुठेलको रुखमा देवि कालिको शक्तिपिठ सारीएको थियो ।

त्यहाँका स्थानिय स्वर्गीय हिक्मत बहादुर सिंह तथा मेघ बहादुर सिंहले एक ÷एक कट्टा जमिन दान गरेपछि सोहि ठाउँमा पुजा आराधना गर्ने कार्य गरीयो । तत्कालीन लामो समयदेखि गुठेलको रुखमा पुजा आजा गर्दै आएका स्थानियहरुले भेकुडी देवि बोहराको संयोजकत्वमा पहिलो पटक संगठन स्थापना गरेर मन्दिर स्थापना गर्ने गरी शिदु सिह ठकुरी, विर बहादुर सिह, डब्बल बहादुर सिंह, सालीभान सिहं, गगन बहादुर थापा(पुजारी), हरि सिंह थापा, लछि सुनार, धनी लुहार, गोरे दमाई लगायतको साथमा कार्य अघि बढाएको थियो । यस पिपरैया क्षेत्रमा रहेको मन्दिरको संरक्षण तथा स्तरउन्नति गर्दै जाने क्रममा भेकुडी देविको संयोजकत्वमा २०३६ देखि २०४८ सम्म धार्मीक स्थलको संरक्षण कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरे पछि उहापछि मन्दिरको संरक्षणमा दोस्रो नेतृत्व विष्णु बहादुर सिंहले २०४८ साल देखि २०५८ सम्म गरेका थिए ।

यसैगरी २०५८ देखि हिक्मत बहादुर सिंहले २०६४ सम्म मन्दिरका संरक्षक भएर कार्यकाल सफतापुर्वक चलाएपछि २०६४ देखि राम बहादुर सिंहले २०७४ सम्म चलाएका थिए । भेकुडी देवी बोहराका नाति रामचन्द्र बोहरा(झक्कासं)ले २०७४ साल देखि २०७९ सम्म मन्दिर व्यवस्थापन र स्तरउन्नतीको कार्यमा निकै राम्रो भुमिका निर्वाह गरेका थिए । यहि २०७९ देखि यो धार्मीक स्थलको संरक्षकमा संयोजक श्याम बहादुर थापाले कार्यसमिति नेतृत्व गर्दै छन ।यहाँ अवस्थीत कालीका देवीको पवित्र स्थल भएको ठाउँमा अनेकौ धार्मीक स्थलहरुको दर्शन गर्ने क्रममा एक जना स्वामी गोविन्द आर्चाय जि यस मन्दिरमा पुगेपछि यो स्थललाई पवित्र धाम भनि चिनाउनु पर्छ भनेर २०७२ सालमा विष्णु बहादुर सिंह र राम बहादुर सिंह ज्यूको अगुवाईमा ‘विराट भक्ति यात्रा’ शुरु भएको थियो जसमा स्वामी गोविन्द आर्चाय जि महाराजले ७ दिन महाकाली विचमा बसेर तपस्या गरे पश्चात नेपाल अधिराज्य भरीका १००८ तिर्थहरुको जलले रामानुज घाटमा रामानुज भगवानको मुर्ति स्थापना गरी अविशेक गरी नामाङ्करण गरीयो ।यसै क्रममा २०७४ सालमा रामचन्द्र बोहरा (झक्कास)को संयोजकत्वमा १००८ गाईको दुधले स्वामी गोविन्द आचार्यको हातबाट उक्त ठाउँलाई पवित्र गर्ने काम भएको थियो ।

अहिले आएर उक्त क्षेत्र धार्मीक स्थलको रुपमा परिचित हुनुको साथ साथै पर्यटकीय क्षेत्रको हिसावले पनि चर्चामा आएको छ । यस क्षेत्रमा रहेको रामानुज धार्मीक स्थलको लागि भीमदत्त नगरपालिकाका पुर्व मेयर सुरेन्द्र बिष्टले ३५ लाखको डिपिआर पास गरी कार्य योजना अघि बढाउन रकम समेत छुट्टाएको थियो । २०७४ सालमा १० लाख रकम विनियोजनको सुरुवाति गरेपछि ७ लाखको जग निमार्णमा खर्च भएको र ३ लाख डिपिआर तयार गरेको नगरपालिकाले काटेको रामचन्द्र बोहराले जानकारी दिएका छन ।

उक्त मन्दिरको कार्य सञ्चालन हुदै गर्दा कोरोनाकालको महामारी सुरु भएपछि बिभिन्न समस्या आएपछि काम बन्द भयो । मन्दिरको नाममा नगरपालिकाले छुट्टाएको बाकि बजेट निकासी हुन नसकेपछि कार्य अधुरो रहेको थियो । २०७९ पछिको स्थानिय निर्वाचनबाट निर्वाचित भएर आएका रामचन्द्र बोहरा (झक्कास)ले अहिलेका मेयर पदम बोकटिलाई धार्मीक स्थलको संरक्षण तथा नयाँ संरचना निर्माणको लागि निकासी भएको रकम पुनः निकासी गरी दिन अनुरोध गरेका थिए ।

उक्त क्षेत्रको लागि भनेर छुट्टाएको रकम वा पुनः यस कार्यको लागि सहयोग गर्न अनुरोध गरेको थिए । भीमदत्त नगरपालिकाका मेयर पदम बोकटिले डिपिआर सहित तत्काल ५ लाख बजेट बिनियोजन गरेको छ । यस पुर्व मन्दिरलाई केन्द्रित गरेर काम अघि बढेको थियो भने पछि आएर केहि कारणले काम रोकिए पनि अहिले समग्र पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी काम अघि बढेको अध्यक्ष बोहराले जानकारी गराएका छन । कैलाश मान सरोवरबाट बगेर आउने नदिलाई भारतमा सारदा नदिले चिनिन्छ भने यस पवित्र नदिलाई नेपालमा महाकाली सारदा गंगा माताको रुपमा पुज्ने गरीन्छ ।

यस क्षेत्रको स्थर उन्नति, प्रचारप्रसार भए समग्र भिमदत्त नगरपालिका लगायत देशको पर्यटन विकासमा निक्कै टेवा पुग्ने अध्यक्ष बोहराको भनाई रहेको छ । माननिय रमेश लेखकले यस क्षेत्रको धार्मिक, पर्यटकीय विकासको लागि आफुले गर्न सक्ने कार्य प्रति सदैव अटल रहने प्रतिबद्धा जाहेर गरेको अध्यक्ष बोहराले जानकारी दिएका छन ।

ताजा समाचार