नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्

महेन्द्रनगर । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितका दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनमा भएको सहमतिअनुसार आज तीन मन्त्रीले शपथ लिएका हुन् ।

ताजा समाचार