२३ गते कञ्चनपुर पर्यटन महोत्सवमा आउने कलाकारहरु

महेन्द्रनगर/फागुन २२ । कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा पर्यटन महोत्सव सुरु भएको छ ।कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहित खुला मञ्चमा १५ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको हो ।

तेस्रो दिन बुधबार आउने मुख्य कलाकारहरु अस्मिता अधिकारी,सृजना खत्री,संगीत शाही,मञ्जु पौडेल,रोजी कुँवरको प्रस्तुति रहने आयोजकले जनाएको छ २१ गते उद्घाटन भएको मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुनेछ ।

संघले विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैँया टिकट लगाएको छ ।मेलामा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार लगायतका विभिन्न वस्तु र सेवाका तीन सय बढी स्टल राखिएका छन् ।

ताजा समाचार