सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा कानून संकायका डिन कर्ण थापा नियुक्त

कञ्चनपुर/फागुन२४ । सुदूरपश्चिम विश्वविद्यालय कानून संकायका डिन कर्ण बहादुर थापा निमित्त उपकुलपतिमा नियुक्त भएका छन् ।उनलाई कुलपति तथा प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २१ गते गरेको निर्णय अनुसार सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त गरेको हो ।विश्वविद्यालयको उपकुलपतिको पद रिक्त रहेकाले उनलाई दैनिक कार्यसञ्चालनको लागि बढीमा ३ महिनाको विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन् । सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २४ को उपदफा ९ बमोजिम उपकुलपति नियुक्त नहुँदा सम्मका जिम्मेवारी दिएको जनाइएको छ ।

ताजा समाचार