नगरप्रमुख बोगटीको कुशलताःसौहार्दपूर्ण वातारवरणमा भत्काइए २२ सटर लगाएतका संरचना

महेन्द्रनगर । विकास निर्माणका काम गर्दा वा अन्य कारण वैध,अवैध तरिकाले बनेका संरचाना हटाउन वा भत्काउन प्राय बल प्रयोग गरेर हटाइएको देखिन्छन् ।

त्यस्ता संरचना भत्काउन दुई पक्ष विच टकराव(तछाड मछाड) भएको समेत समाचार सुनिन्छन् । यद्यपी भीमदत्त नगरपालिका–०४ मदन चोकस्थित रहेका २२ सटर भने सौहार्दपूर्ण वातारणमा भत्काइएका छन् । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको कुशल नेतृत्व एवम् निर्णयले मदन चोकस्थित रहेका २२ सटर सौहार्दपूर्ण वातारणमा भत्काउन थालिएको हो ।

मदन चोकसंगैँ टासिएका ती २२ सटर एसियाली विकास बैंक (एडिबी)को सहयोगमा भइरहेको सडक निर्माणमा बाधक देखिएपछि नगरपालिकाले ती सटर भत्काएको हो । २०७८ सालदेखी नै ती सटर भत्काउन प्रयास एवम् पत्राचार गरिएपनि भत्काउन सकिएको थिएन ।

नगरप्रमुख बोगटीले बल प्रयोग नगरी ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग समन्वय, छलफल, आग्रह र उनिहरुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि अहिले सौहार्दपूर्ण वातारवरणमा व्यपारीहरुले सटर खाली गरेपछि सटर भत्काउन थालिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

‘२०७८ सालदेखी नै ती २२ सटर लगाएतका संरचाना भत्काउन प्रयास, पत्राचार भएपनि भत्काउन सकिएको थिएन ।’ नगरप्रवक्ता अवस्थीले भने ‘हामी निर्वाचित भएर आइसकेपछि नगरप्रमुख पदम बोगटीज्यूले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग पटक–पटक छलफल,आग्रह र उहाँहरुको उचित व्यवस्थापन गर्ने गरि सहमती भएपछि अहिले व्यपारीहरुले आफैँ आफ्ना सटर खाली गर्नुभयो त्यसपछि भत्काउन थालिएको हो ।’

ती २२ सटरमा व्यवसाय गर्ने व्यवसायीहरुले नगर प्रमुख बोगटीले डोजर बल प्रयोग गरेर होइन उचित व्यवस्थापन, छलफल, सहमतीमा समेत चलाउन सकिन्छ भनेर उदारण दिनु भएको बताएका छन् । ‘पछिल्ला समय जबरजस्ती, बल प्रयोग गरेर संरचाना भत्काएका समारचार सुनिन्छन् ।’ व्यवसायीहरुले भने ‘हाम्रो पनि रातको निद्रा, दिनको भोक हराएको थियो । तर नगरप्रमुखज्यूले बल प्रयोग गरेर डोजर चलाउनु भन्दापनि हामीसंग पटक–पटक छलफल गर्नुभयो र उचित व्यवस्थापन गर्ने प्रतिवद्धता सहित सहमती भयो र अहिले सौहार्दपूर्ण वातावरणमा यी सटर भत्काइएका हुन् । नगर प्रमुखज्यूले छलफल सहमती बाटपनि काम गर्न सकिन्छ भन्ने उदाहरण दिनु भएको छ । हामी सबै व्यवसायी खुशी भएका छौँ ।’

यस्तै नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडी रहेका खोका छाप्रा समेत हटाएको छ । नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यकरण गर्ने भन्दैँ त्यहाँ रहेका खोका छाप्रा हटाएको हो । शहिद दशरथ चन्द चोक देखी डिभिजन बन कार्यालय सम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य भइरहेको नगर प्रवक्ता अवस्थीले बताए ।

उनकाअनुसार नगरप्रमुखज्यूको कुशल नेतृत्व, निर्णय र समन्वयले बजार क्षेत्रका २२ सटर लगाएत बजारका विभिन्न गल्लि, ढल निर्माण कार्य सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइरहेको छ । यस्तै एडिविको मिसनमा नगरप्रमुख बोगटीको आग्रहमा योजनामा नरहेको बजार क्षेत्रका विभिन्न चोकहरु, जिल्ला प्रशासन कार्यालय देखी शहिद दशरथ चन्द चोक सम्मको सडक किनार सौदर्यकरण, विभिन्न ठाउँमा विश्रामस्थल निर्माण, ५ वटै गल्लिका पछाडी पार्किङकका लागि मार्किङ लगाएतका थप संरचना निर्माण गरिएका छन ।

यस्तै बजार क्षेत्रका सार्वजनिक शौचालय मर्मत एवम् व्यवस्थित र एडिविको दोस्रो चरण ल्याउन समेत पहल भएको नगरप्रवक्ता अवस्थीले बताए । साथै बजार क्षेत्रका अन्य अवैध संरचना एवम अतिक्रमण गरिएका जग्गा समेत खाली गर्नका लागि नगरपालिकाले तयारी गरिरहेको नगर प्रवत्ता अवस्थीले बताए ।

ताजा समाचार