भीमदत्त नगरपालिकाले सिँगार्दै महेन्द्रनगर(फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गरिरहेको छ । नगरपालिकाले सुन्दरताका लागि बजार क्षेत्रमा रहेका खाली भित्तामा विभिन्न चित्रहरु बनाइरहेको छ ।

नेपाल कमर्शियल आर्टिष्ट संघ कञ्चनपुरसंगको सहकार्यमा भीमदत्त नगरपालिकाले कला सँस्कृती झल्किने विभिन्न चित्र बनाइरहेको छ । पहिलो चरणमा भीमदत्त नगरपालिका–०४ स्थित दशरथ चन्द चोक देखी जिल्ला प्रशासन कार्यालय सम्मको भित्तामा विभिन्न कला सँस्कृती झल्किने र विभिन्न पर्यटकीय क्षेत्रका चित्र बनाइरहेको नगरप्रमुख पदम बोगटीले बताए ।

‘सुन्दरताका लागि सार्वजनिक क्षेत्रका भित्तामा यस क्षेत्रका कला सँस्कृती झल्किने र पर्यटकीय क्षेत्रका चित्र बनाउने कार्य शुरु भएको छ ।’ उनले भने ‘पहिलो चरणमा शहिद दशरथ चन्द चोक देखी जिल्ला प्रशासन कार्यालयसम्मका भित्तामा चित्र निर्माण भइरहेको छ ।’

यस्तै नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडी रहेका खोका छाप्रा समेत हटाएको छ । नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यकरण गर्ने भन्दैँ त्यहाँ रहेका खोका छाप्रा हटाएको हो ।

शहिद दशरथ चन्द चोक देखी डिभिजन बन कार्यालय सम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य समेत भइरहेको नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।

ताजा समाचार