भीमदत्तमा संञ्चालित आधारभुत तह परिक्षाको नगरप्रमुख बोगटी नेतृत्वको टोलीद्धारा अनुगमन

महेन्द्रनगर । चैत २ गतेबाट संञ्चालित आधारभुत तह (कक्षा ८) को पालिकास्तरीय परिक्षाको अनुगमन गरिएको छ ।

आइतवार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको नेतृत्वमा भीमदत्त नगर शिक्षा समिति सदस्य डबल विष्ट, आधारभुत तह परीक्षा समितिका सदस्य परमानन्द नाथ, शिक्षा शाखा प्रमुख मिश्र, शिक्षा शाखाका प्राविधिक सहायक दिपेन्द्र विष्ट लगाएतको टोलीले परिक्षाको अनुगमन गरेको हो ।

कक्षा ८ को परिक्षालाई मर्यादित बनाउन समयमै सम्बन्धित निकायलाई निर्देशन गरिसकेको बताउँदै नगरप्रमुख बोगटीले केही परिक्षा केन्द्रमा आफुले समेत स्थलगत अनुगमन गरेको बताए । विद्यार्थीको भविष्यलाई ख्याल गर्दै परिक्षालाई मर्यादित बनाउन अनुगमन गरिएको बताइएको छ ।

अनुगमन गरेका परिक्षा केन्द्रमा शान्त वातावरण तथा मर्यादित तरिकाले परिक्षा सञ्चालन भएको पाइएको उनले बताए । भीमदत्त नगरपालिकाका सामुदायिक तथा निजि गरि जम्मा ९५ वटा विद्यालयहरुमा परिक्षा शुरु भएको भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख कलावती मिश्रले बताइन् ।

उनकानुसार कक्षा ८ को परिक्षामा नगरपालिका भरिका झण्डै ३ हजार जना विद्यार्थीहरु सहभागि भएका छन् ।

ताजा समाचार