शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन महोत्सव,पहिलो दिन निकुञ्जभित्र रहेको रानी ताल सरसफाइ

कञ्चनपुर/चैत ६। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव आयोजना गरिएको छ । भीमदत्त नगरपालिकाको नगर पर्यटन विकास समितिको आयोजनामा मंगलबारदेखि सातौँ संस्करणको शुक्लाफाँटा पर्यटन महोत्सव सञ्चालन गरिएको हो ।

आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताएका छन्। उक्त निकुन्जलाई बाह्रै महिना संचालन गरेर पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल पनि भएको र सबै पालिकाहरु सकारात्मक देखिएको बताएका छन् ।

मंगलबार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको रानी ताल सरसफाइ गरेर पर्यटन महोत्सव सुरुवात गरिएको छ । उक्त रानी तालमा रहेका फोहरहरुलाई मंगलवार नेपाली सेना, नगर प्रहरी जनप्रतिनिधी, भीमदत्तनगर पर्यटन विकास समिति, विभिन्न गैर सरकारी संस्थाहरु, पत्रकारहरुले तालको सरसफाई गरेको हो ।

दोस्रो दिन बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटकहरूको स्वागतगरिने छन् भने तेस्रो दिन बिहीबार मैत्रीपूर्ण फुटबल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार