राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्रथम अधिवेशन १९ चैत्रमा हुने

कञ्चनपुर/चैत७। कञ्चनपुरको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रथम अधिवेशन हुने भएको छ । महेन्द्रनगरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन १९ चैत्रमा हुने भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका संयोजक प्रेम बहादुर रावलले सम्मेलनको तयारी भइरहेको बताएका छन् ।

उनले अधिवेशन सम्मेलनमा जिल्ला भरका राप्रपा विद्यार्थी संगठनका नेताहरुको सहभागिता हुनेछ,राप्रवि संगठनले विद्यार्थीहरुको शैक्षिक हकको लागि आवाज उठाउदै आएको र अन्य संगठनहरु भन्दा फरक तरिकाले भव्य रूपमा आयोजना गर्ने बताए।

ताजा समाचार