आफ्नो संस्कृती सिक्दै वर्षा र मोनिका (फोटोमा हेर्नुहोस्)

महेन्द्रनगर । यो सालको होली फागु पूर्णिमा अर्थाथ चैत १२ गते सकियो । यद्यपी राना थारुहरुको होली भने चलिरहेकै छ । रानाथारू समुदायमा होली पर्व ३८ दिनसम्म मनाइन्छ । कैलाली,कञ्चनपुरमा बसोबास रहेका रानाथारुहरुको होली सबभन्दा ठूलो पर्व हो ।

यो समुदयामा फागु पूर्णिमाको ठिक एक महिना अगाडीको पूर्णिमाका दिन होली राखिन्छ र त्यसै दिनदेखि होली पर्व सुरू हुन्छ । राना थारुहरुले ३० दिन जिन्दा (जिउँदा) होली खेल्छन भने फागुपूर्णिमा देखी ८ दिनसम्म मरी होली (मरेको होली) खेल्ने गर्दछन् । यो वर्ष फागुन १२ गतेबाट शुरु भएको रानाथारु समुदायको जिन्दा होली चैत ११ गते साझ होली दहन(जलाएपछि) सकिन्छ । अर्को दिन चैत १२ गते (फागुपूर्णिको दिन) जलाइएको होलीको खरानीको टिका लगाइन्छ ।

होली टिका लगाएको दिन देखी सो समुदायको मरी होली (मरेको होली) शुरु हुन्छ । अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ का राना थारु समुदायमा मरी होलीको रौनक छ । चैत १२ गतेबाट शुरु भएको मरी होली चैत १९ गते सम्म ८ दिन खेल्ने बताइएको छ । मंगलवार भीमदत्त नगरपालिका–१४ का राना थारु समुदायले मरी होलीमा अतिथिका रुपमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी लगाएतलाई बोलाएका थिए ।

नगरप्रमुख लगाएतका अतिथिहरुलाई उनिहरुले आफ्नो संस्कृति मरी होली खेलेर देखाइरहेका थिए । उनिहरु महिला पुरुष गरी १०/१२ जनाको दुई समुह बनाएर विभिन्न गित गाउदैँ मरी होली खेलिरहेका थिए । उक्त समुहमा आफ्नो पहिरनमा सजिएका ६ वर्षिया वर्षा राना र ७ वर्षिया मोनिका रानाले सबैको ध्यान आफुतर्फ केन्द्रिय बनाएका थिए ।

उनिहरु उक्त समुहमा आफ्ना अभिभावकलाई हेर्दै मरी होलीको पैतला र चाल मिलाइरहेका थिए । वर्षा र मोनिका आफ्ना अभिभावकबाट आफ्नो कला संस्कृती सिक्ने प्रयास गरिरहेका थिए । त्यसैले सबैको ध्यान ती दुई बालिकाको सिक्दै गरेको कला/संस्कृतीमा थियो ।

पछिल्लो समय आफ्ना कला संस्कृती बिर्सिदै गइरहेको पुस्तालाई आफ्ना कला संस्कृती सिक्नु र जगेर्ना गर्नुपर्छ भन्ने चेतना ती ६ वर्षिया र ७ वर्षिया वर्षा र मोनिकाले दिइरहेका थिए । साना नानीहरुले आफ्नो कला संस्कृती सिक्दैँ गरेको देख्दा खुशी लागेको भन्दैँ सबैले आफ्नो कला संस्कृती सिक्दैँ जगेर्ना गर्नुपर्ने नगरप्रमुख बोगटीले बताए ।

पछिल्लो समय आफ्ना कला संस्कृती हराउदैँ गएकोले त्यसको जगेर्नाका लागि होली लगाएतका आफ्ना कला संस्कृती अनुसारका पर्व मनाउदैँ नयाँ पुस्तालाई समेत सिकाउने गरेको भीमदत्त नगरपालिका–१४ की बसन्ती रानाले बताइन् ।

ताजा समाचार