बेलडाँडीमा ईमर्जेन्सी हाऊस बन्नका लागि पालिकाद्धारा ठाउँ खाली गराइदै

केशब थापा बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ईमर्जेन्सी हाऊस बन्नको लागि ठाउँ खालि गरिएको छ । बेलडाँडी गाउँपालिकाले आज बुधवार ईमर्जेन्सी हाऊसका लागि ठाउँ खाली गराएको जनाएका छन् ।

बेलडाँडी गाउँपालिकाले ईमर्जेन्सी हाऊस निर्माणका लागि वडा नं.२ मा रहेको बस पार्क संग जोडिएको जमिन खाली गराएको हो । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार हाऊस निर्माणका लागि ठेक्का भइसकेकाले निर्माण व्यवसायीलाई ठाउँ दिनुपर्ने हुदा आज ठाउँ खालि गराएको जनाउनु भयो ।

आपतकालिन अवस्थामा जो कोहिलाई समेत बस्न हुने गरि भवन निर्माण गरिने रानाले बताउनु भयो । आपतकालिन अवस्था श्रृजना भयो भने पालिकालाई त्यस्तो भवन समेत नरहेकाले यो कार्य अघि बढाएको पालिकाले जनाएको छ ।

उक्त भवन निर्माण कार्यका लागि संघिय परियोजना कार्यान्वयन एकाईबाट बजेट विनियोजन गरिएको छ भने बेलौरीमा रहेको पिएन डेब्रोफर निर्माण कम्पनीले ५८ लाखमा ठेक्का सम्झौता गरेको जनाइएको छ ।

ताजा समाचार