वास प्लान बनाउन भीमदत्त नगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय विच सम्झौता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय र भीमदत्त नगरपालिका विच खानेपानी, सरसफाई तथा स्वच्छता योजना (वास प्लान) तर्जुमा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विहिवार धनगढीमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा भीमदत्त नगरपालिका र मन्त्रालय विच भीमदत्त नगरपालिकामा वास प्लान बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बलमे बताए ।

उनका अनुसार नगरपालिकाको तर्फबाट नगरप्रमुख पदम बोगटी र मन्त्रालयको तर्फबाट सचिव सुरत बहादुर बमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हरेक स्थानिय तहले खानेपानी,सरसफाई तथा स्वच्छता योजना तयार गर्न आवश्यक र रहेकोले भौतिक पूर्वाधार विकास मन्त्रालय र स्थानिय तह विचको समझदारीमा वास प्लान तयार गर्नका लागि सहमती भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख बोगटीले बताए ।

उनकाअनुसार जम्मा १५ लाख ५३ हजार ३५० रुपैया लागत रहेको सो योजनाको ७० प्रतिशत भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यहोर्ने र बाकीँ ३० प्रतिशत व्यहोर्नु पर्ने छ । यस्तै उक्त योजनाको समयावधी २०८० चैत १५ गतेबाट शुरु भएर २०८१ चैत १५ गते सम्म एक वर्षको हुने प्रमुख प्रशासकीय अधिकृत बलमे बताए ।

ताजा समाचार