भीमदत्त नगरपालिकाले थाल्यो वादी समुदायका घर मर्मत,शौचालय निर्माण लगाएतका कार्य

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वादी समुदायका घर मर्मत र शौचालय निर्माण गर्ने भएको छ । भीमदत्त नगरपालिका–१५ र १८ का वादी समुदायका घर मर्मत, शौचालय निर्माण र शुद्ध खानेपानीको काम अगाडी बढाइएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताए ।

शुक्रवार भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीको प्रमुख आथित्यतामा एक कार्यक्रमका विच उक्त कार्यको शुभारम्भ गरिएको छ ।

भीमदत्त नगरपालिका–१५ र १८ निम्बुखेडास्थित वादी समुदायका घर मर्मत, शौचालय निर्माण र शुद्ध खानेपानीको कामको शुभारम्भ गरिएको नगर उपप्रमुुख जोशीले बताइन् ।

उक्त समुदायमा शौचालय, शुद्ध खानेपानी लगाएत आवासको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले चार घर एक शौचालय र आवास मर्मत तथा शुद्ध खानेपानी कार्यक्रम अन्तर्गत निर्माण कार्य शुरु गरिएको नगर उपप्रमुख जोशीले बताइन् ।

नगरपालिकाले यो वर्ष उक्त समुदायमा ३ वटा शौचालय, ६ वटा घर मर्मत, ६ वटा शुद्ध खानेपानीका धारा जडान गर्ने बताइएको छ ।

यहाँ शौचालय नहुदाँ शौच गर्न खोलामा जानुपर्ने, शुद्ध खानेपानी नहुदाँ दुषित पानी पिउनुपर्ने वाध्यता रहेको भन्दैँ नगरपालिकाले थाल्येको यो कार्य सम्पन्न भएपछि केही राहात हुने विश्वास लिएको वादी समुदायका अगुवा सिविराज राना वादीले बताए ।

ताजा समाचार