शहरी स्वास्थ्य केन्द्र बसन्तपुरमा ल्याव सेवा संञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र बसन्तपुरमा ल्याव सेवा संञ्चालनमा ल्याएको छ । बुधवार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका–१६ स्थित शहरी स्वास्थ्य केन्द्रमा ल्याव सेवाको उद्धघाटन गरिएको भीमदत्त नगरपालिका–१६ का वडाधयक्ष केशव सिंह विष्टले बताए ।

स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने उदेश्यले ल्याव सेवा संञ्चालन गरिएको नगरप्रमुख पदम बोगटीले बताए । सो ल्यावमा सुगर, युरिक एसिड, स्टुल, युरिन, किड्नी फङ्सन, लिवर फङ्सन, ब्लड (सिवीसि, इएसआर), एचआभी, युडिआरएस, टिबी सहितका परीक्षण गर्न सकिने बताइएको छ ।

गाउँमा रहेको स्वास्थ्य सेवा केन्द्रमै स्वास्थ्य परिक्षण गर्न पाइनेभएपछि स्थानियहरु खुशी भएका छन् । कार्यक्रममा नगरप्रमुख बोगटी, नगर उपप्रमुख नीलम लेखक जोशी, नगर प्रवक्ता, वडाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै भीमदत्त नगरपालिका–१६ मा तीन महिने आधारभुत सिलाई कटाई तालिमको समेत उद्धघाटन गरिएको छ ।

विपन्न, एकल, दलित तथा पिछडिए वर्गाका महिलाहरुको आर्थिक उन्नतीका लागि तीन महिने आधारभुत सिलाई कटाई तालिमको पनि उद्धघाटन गरिइको वडाधयक्ष विष्टले बताए ।

ताजा समाचार