बेदकोट नगरपालिका ८मा पहिलो पटक वडाका जनतालाई एकीकृत घुम्ती सेवा


कञ्चनपुर/बैशाख १० । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडा कार्यालयले पहिलो पटक वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिएको छ ।

आईतबार र सोमबार दुई दिन बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले पहिलो पटक जनतालाई एकीकृत घुम्ती सेवा दिएको हो ।
बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले चालु शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानसंगै स्वास्थ्य, शिक्षा, सिफारिस सहितका विवित सेवा प्रदान गरिएको बताए । टोल टोलमै गएर वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा दिईएका छन ।
वडाध्यक्ष जोशीले आफु निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समिक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर हजारौँ नागरिकलाई सेवा प्रदान गरेको बताए ।
आइतबार शुभकामना टोलदेखि शुरु भएको घुम्ती सेवा कञ्चन टोल, शिवशक्ति टोल, वडा हल हुँदै सोमबार बैजनाथ टोल पुस्तकालय प्राङग त्रिवेणी चोकमा समापन गरिएको छ । वडाध्यक्ष जोशीले दुई दिने एकीकृत सेवा मार्फत प्रदान गरिएका थप सेवा आगामी दिनमा समेत संचालन गर्ने बताए ।

यसै गरी बेदकोट नगर उपप्रमुख तुलसी जोशीले एकीकृत घुम्ती सेवा प्रभावकारी भएको बताए । ‘जो जनता विवित कारण वडा एव सम्बन्धीत कार्यालयमा जान नसक्ने अवस्थामा थिए, उनीहरुका लागि यो घुम्ती सेवा प्रभावकारी भएको छ, ‘उनले भनिन, ‘आगामी दिनमा समेत अन्य वडाहरुलाई उक्त सेवा शुचारुका लागि प्रेरित गछौँ ।’ कञ्चनपुरका ९२वडामध्ये उक्त बेदकोट नपा ८ ले यो पहिलो सेवा प्रदान गर्न थालेको जनाईएको छ ।

सेवा पाएका स्थानीयहरुले समेत वडाबाट प्रदान भएको एकीकृत घुम्ती सेवाले राहत पाईएको बताएका छन । बेदकोट नगरपालिका ८ गाउजीकी स्थानीय रतना लुहारले वडाबाट प्रदान हुने सेवा घुम्ती शिबिर मार्फत घरदैलोमै आएर पाएको भन्दै खुसी व्यक्त गरिन् ।

बेदकोट ८बैजनाथ टोलका पदम धामीले वडाले एकीकृत सेवा दिएर नागरिकलाई स्थानीय सरकार भएको आभास प्रकट गरेको बताए । स्थानीयले समेत आगामी दिनमा समेत यस्तै घुम्ती शिबिर मार्फत सेवा प्रदानमा जोडदिएका छन ।

ताजा समाचार