बेल्डाँडी/ वैशाख१३। बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा एकै घरका छ बाख्रा मध्ये तीनको मृत्यु, तिन घाइते भेटिएका छन् ।
बुधबार राति करिब ११ बजेतिर बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा बस्ने गगी थापाको घरमा तीन बाख्राको मृत्यु र तिन घाइते भेटिएका हुन ।
गगी थापाका अनुसार,” घरका सबै सदस्य छिमेकीको घरमा बिहेमा गएका राति ११ बजेतिर घर फर्कदा सबै बाख्राहरुलाई आन्द्राभुँडी निकालेको अवस्थामा भेटिएको बताएका छन् ।
थापाले भने,” बाख्राहरुलाई कसले मर्यो त्यो थाहा भएन गाउँमा केही महिना अगाडि बाघ पसेको हल्ला अनुसार बाघले मारेको हो भन्ने आशङ्का रहेको छ ।”उक्त घटना पछि स्थानिय बासिन्दाहरू गाउँमा बाघ पसेको भन्दै त्रसित भएका छन् ।
![](https://ekpatra.com/wp-content/uploads/2024/04/IMG_20240425_085019-777x1024.jpg)
![](https://ekpatra.com/wp-content/uploads/2024/04/Facebook_creation_88db7fb1-130e-4fe5-be8d-547380eb59b7-1024x462.jpeg)
![](https://ekpatra.com/wp-content/uploads/2024/04/Facebook_creation_fd001950-15ba-48d5-8913-5eecc3ddca0e-1024x462.jpeg)
![](https://ekpatra.com/wp-content/uploads/2024/04/Facebook_creation_dabeecf7-95fc-43d6-bb29-8981e45ff61e-1024x462.jpeg)