![](https://thahacdn.prixacdn.net/media/900X90_2.gif)
महेन्द्रनगर : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अहिलेसम्म १९ हजार बढी मत ल्याएका छन्। कुल ४५ हजार ९ सय ५३ सदर मत गणना हुँदा सुहाङले १९ हजार ११४ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ६ हजार ४३९ रहेको छ। सुहाङले मतान्तर निरन्तर बढाइरहेका छन्।
![](https://ekpatra.com/wp-content/uploads/2024/04/IMG_20240429_212005-1024x436.jpg)
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार २४२ मत ल्याएका छन्।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।