भीमदत्त नगरपालिकाद्धारा महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सवारी चालक तालिम संञ्चालन गरेको छ ।

मंगलवार एक कार्यक्रमका विच महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले निशुल्क सवारी (कार) चालक तालिमको उद्धघाटन गरिएको हो ।

महिलाहरुको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउन निशुल्क सवारी चालक तालिम संञ्चालन गरिएको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।

‘महिलाहरुको जीवनस्तर उकास्न र उहाँहरुलाई आत्मनिर्भर बनाउन यो तालिम संञ्चालन गरिएको हो ।’ उनले भनिन् ‘पुरुषले गर्ने काम हामी महिलाहरुले पनि गर्नु पर्छ, सक्नुपर्छ । त्यसैले यो तालिमको भरपुर लाभ लिएर भोलि तालिम प्राप्त भएपछि व्यवहारमा लागु गर्नुहोला ।’

यस्तै उनले आगामी दिनमा समेत दलित, पिछडिएका, गरिव, एकल महिलाहरुको जीवनस्तर उकास्नका लागि यस्ता कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् । पहिलो चरणमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० का १७ जना महिलाहरुलाई तालिम दिइने बताइएको छ ।

अन्य वडाका महिलाहरुलाई दोस्रो चरणमा तालिम दिइनेछ । तालिममा सहभागी महिलाहरुले निशुल्क तालिम पाउनेभएपछि खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत यस्ता कार्याक्रम ल्याउन आग्रह गरे ।

ताजा समाचार