अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले  गर्यो  बृहत रक्तदान :स्थापनाको उपलक्ष्यमा

सन्तोष धानुक: जेष्ठ १ महेन्द्रनगर “देशलाई सबै खाले भ्रष्टाचारको काण्डबाट मुक्त गरौं´ भन्ने मुल नाराका साथमा रास्ट्रीय युवा  संघ नेपाल र अनेरास्ववियु कंचनपुरले मंगलबार नेकपा एमाले पार्टी  कार्यलमा  बृहत् रक्तदान कार्यक्रम संचालल गरेको हो।

रास्ट्रीय युवा संघको ३५औ स्थापना दिवस र अनेरास्ववियुको ६० औं स्थापना दिवसको अवसरमा नेकपा एमाले पार्टी कार्यालय कंचनपुरमा   जेठ १ गते  मंगलबार बिहान १० बजे देखि रक्तदान कार्यक्रम सन्चालन भएको अनेरास्ववियु जिल्ल संयोजक अमर धामीले बताएका छ्न।

कार्यक्रममा नेकपा एमाले पार्टिका केन्द्रिय सदस्य नर बहादुर धामी र केन्द्रिय लेखा आयोगका इस्वरी प्रसाद  खरेल  पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी बुढा  लगायत  थुप्रै बिध्यार्थी , नेता कार्यक्रताले रक्तदान गरेको  रास्ट्रीय युवा संघ नेपाल कंचनपुरका अध्यक्ष दिनेश बिस्टले बताएका छ्न।

साथै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आइरहेको छ भने आगामी दिनमा अझै महत्त्वपूर्ण कार्यक्रमहरू गर्ने बताएका छ्न।

ताजा समाचार