महाकालीको धार परिवर्तनको काम अन्तिम चरणमा, नगर प्रमख बोगटीद्धारा अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदिको धार परिवर्तन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ११, १२ र १३ स्थित नदि किनारका बस्तीमा बाढी, डुवानको जोखिमलाई मध्यनजर गर्दै किनारमा बग्ने महाकाली नदि विच भागमा बग्ने गरी अस्थायी बाध निर्माण गरेर नदिको धार परिवर्तन गर्न लागिएको हो ।

विहिवार नगरप्रमुख पदम बोगटी नेतृत्वको टोली स्थलगत अनुगमन समेत गरेको छ । नगरपालिकाको पहलमा महाकाली नदि किनारका वडा नम्बर ११, १२ र १३ मा महाकाली नदिबाट हुने जोखिमलाई मध्यनजर गर्दै समस्या समाधानका लागि महाकाली नदिको धार परिवर्तन, स्परको लम्बाई बढाउने कार्य भइरहेको छ ।

वर्षातको समयमा महाकाली नदि पूर्व (भीमदत्त नगरपालिका) तर्फ भएर बग्ने भएको हुँदा त्यसले वर्षातमा अझ बढी कटान र डुवानको जोखिम भएको हुँदा हाल महाकाली पुल आयोजनाको स्टिमेट समेत परिवर्तन गरी महाकाली नदीको विच भागमा ५० मिटर चौडाई ५ मिटर गहिराई हुने गरी नदिको धार परिवर्तन गर्ने कार्य भइरहेको नगर प्रमुख बोगटीले बताए ।

उनकाअनुसार अस्थायी भएपनि सो कार्यले महाकाली नदिबाट हुने बाढी, डुवान र कटानको जोखिम कम हुदैँ जानेछ ।

‘महाकाली नदीलाई पालिकाको आन्तरीक आयआर्जन गर्नका लागी मात्र नभएर नदि किनारका बस्तीको सुरक्षा, जोखीम न्यूनिकरणका लागि समेत काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ महाकाली पुल आयोजना र निर्माण कम्पनीसंग छलफल गरी बाढी कटान न्यूनिकरणका लागि नदिको धार परिवर्तन र स्परहरुको लम्बाई बढाउने कार्य भइरहेको हो ।’ उनले भने ‘बाढी, डुवानको समस्या समाधानका लागि निरन्तर अन्य सम्बन्धित निकायमा समेत पहल गरिरहेका छौँ ।’

ताजा समाचार