काफलको रुखबाट खसेर बझाङमा एक महिलाको मृत्यु

विरेन्द्र बाग :१० जेष्ठ बिहीबार / बझाङमा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौड नैनीकाडाकी अन्दाजी ४५ वर्षिया प्रमा देवी बागको वित्थडचिर गाउँपालिका – ७ स्थित सुनकुडा ठुलीखालीमा विहिबार काफलको रुखबाट खसेर घटना स्थलमै मृत्यु भएको हो ।

बिहिबार घरायसी सामान ल्याउन स्थानिय देउलेख बजार गएकी थिइन्। उनका तीन छोरा, एक छोरी समेत रहेका छन् ।

घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरेको र घटना विषयमा थप अनुसन्धान भइरहेको र पोष्टमाटम गर्न देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख मा सब ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताए ।
अहिले काफल पाक्ने समय हो भने काफल खाने क्रममा रुखबाट खसेर मृत्यु हुने गरेको पाइन्छ ।

ताजा समाचार