भीनपा–२ को सरस्वती माविलाई सिसिटिभि क्यामेरा प्रदान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका–२ ले विद्यालयको सुरक्षालाई मध्यनजर गर्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको वडाध्यक्ष उत्तम भट्टले बताए ।

सिसिटिभि क्यामेरा पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्टले विद्यालयको सुरक्षा र विद्यार्थीहरुको अनुशासन, शिक्षक, कर्मचारीहरु काम कारर्वाही रेखदेख गर्न सहयोग पुग्ने बताए ।

ताजा समाचार