नेविसंघ कञ्चन बहुमुखी क्याम्पस इकाई समितिले वृहत रक्तदान कार्यक्रम गर्दै

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस इकाई कार्यसमितिले बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम गर्ने नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस इकाई समितिका सभापती दिनेश भट्टले बताए ।

उक्त बृहत् रक्तदान कार्यक्रम कञ्चन क्याम्पसका विद्यार्थीहरु, सञ्चालक समिति, प्राध्यापक ,नेविसंघ, पार्टीका सम्पूर्ण नेताहरु लगायत सम्पूर्ण व्यक्तित्वहरुलाई उपस्थितका लागि सभापती भट्टले आग्रह समेत गरेका छन् ।

नेविसंघले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

ताजा समाचार