हाजिर जवाफ र चेस प्रतियोगितामा इन्टनेशनल स्कुलका विद्यार्थी प्रथम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-०३ स्थित इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी हाजिर जवाफ र चेस प्रतियोगितामा प्रथम भएका छन् ।

फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुलद्वारा आयोजित नगरपालिका स्तरीय हाजिर जवाफ प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुलका कक्षा १० मा अध्यनरत महिमा लेखक,सुप्रीत रावल, उज्ज्वल झा र हिमान्सु भट्ट प्रथम भएका छन् ।

उक्त प्रतियोगितामा द्वितीय स्थान एभरेस्ट एभरग्रीन स्कुल उल्टाखाम, तृतीय स्थान बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरले हात पारेको छ ।

प्रतियोगितामा जम्मा १० स्कुल सहभागी भएका थिए । यस्तै इन्टरनेशनल पब्लिक स्कुलका कक्षा १० मा अध्यनरत आयुष कुमार महराले चेस प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा आयोजना गर्न लागेको अन्डर १५ (१५ वर्ष मुनिको) जुनियर खेल प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश परिषद् र जिल्ला खेलकुद संघ कञ्चनपुरले आयोजना गरेको बुद्विचाल (चेस) छनौट प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुलका महरा प्रथम भएका हुन् ।

इन्टरनेशनल पब्लिक स्कुलले विद्यार्थीहरु लाई यस्ता विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउदै आएको छ ।

ताजा समाचार