इजरायली राजदुत गोदरले भेटे विपिन जोशीको परिवारलाई

महेन्द्रनगर । गत असोजदेखी हमासको कब्जामा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–०३ का विपिन जोशीको परिवारसंग नेपालका लागि इजरायली राजदूत हनान गोदरले भेटघाट गरेका छन् ।

आइतवार साझ राजदुत गोदर नेतृत्वको इजरायली टोलीले भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमै पुगेर उनको परिवारसंग भेटघाट गरेको हो । भेटघाटको क्रममा इजरायली राजदुत गोदरले इजरायली सेनाले निरन्तर विपिनको खोजी गरिरहेको बताए ।

‘विपिन हिरो हो । इजरायली सेनाले निरन्तर उनको खोजी कार्य गरिरहेको छ ।’ राजदुत गोदरले विपिनको परिवारसंग कुरा गर्दै भने ‘विपिनको सकुशल उद्धारका लागि इजरायल सरकार प्रतिवद्ध रहेको छ । हामीलाई विश्वास छ, विपिन सकुशल नै छन् ।’

विपिनको परिवारले विपिनको अवस्था बारे राजदुत समक्ष जानकारी माग गरेका थिए । जवाफमा विपिनको हालसम्म कुनैपनि खबर प्राप्त नभएको र इजरायली सरकारले निरन्तर खोजी कार्य गरिरहेको बताए ।

विपिनको परिवारले आफुहरुले नेपाल सरकारलाई पटक–पटक विपिनको उद्धारका लागि आग्रह गरेको भएपनि हालसम्म कुनै परिणाम देखा नपरेको बताउदैँ, विपिनको सकुशल उद्धारलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिदिन इजरायली राजदुत गोदरलाई आग्रह गरेको छ ।

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0

ताजा समाचार