‘गरेको बाचा ७ दिन भित्र पुरा गर्नुभएकोमा धन्यवाद नगरप्रमुखज्यू’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का किसानले नगरप्रमुख पदम बोगटीलाई धन्यवाद व्यक्त गरेका छन् ।

नगर प्रमुख बोगटीले आफ्ना समस्या समाधान गर्न गरेको बाचा ७ दिन नबित्दै पुरा गरेपछि वडा नम्बर ८ स्थित जानकी टोल र बह्म टोलका किसानहरुले धन्यवाद व्यक्त गरेका हुन् ।

सिचाईको समस्या र भएका बोरिङ मोटर समेत विग्रेर यो धान रोप्ने समयमा हामी किसानहरु निकै चिन्तित रहेको अवस्थामा नगरप्रमुख बोगटीले समस्या समाधान गरिदिनुभएको स्थानिय पुजा धामीले बताइन् ।

‘हाम्रो यहाँ सिचाईको समस्या र भएको बोरिङ मोटर समेत बिग्रेर यो खेतिपातीको समयमा हामी ६५ कृषक परिवार निकै चिन्तित थियौँ ।’ उनले भनिन् ‘नगरप्रमुखज्यूलाई हाम्रो समस्या भनेको र उहाँले समस्या समाधान गर्ने भनेर गर्नुभएको बाचा ७ दिन नबित्दैँ समाधान गरिदिनु भएकोले धन्यवाद भन्न चाहान्छौँ ।’ उनले अगाडी भनिन् ‘अहिले नयाँ मोटर जडान र विग्रेका बोरिङ समेत मर्मत गरिदिएपछि हाम्रो समस्या समाधान भएको छ ।’

मंगलवार नगरप्रमुख बोगटीलाई आफ्नै गाउँ/टोलमा बोलाएर स्थानिय कृषकहरुले धन्यवाद व्यक्त गरेका थिए ।

ताजा समाचार