बेंगलोरमा एक नेपाली महिला बेपत्ता

बेल्डाँडी। कञ्चनपुर बेल्डाँडी गाउँपालिका वडा नं १ की एक महिला भारतमा बेपत्ता भएकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नं १ रौलेश्वर टोलमा घर भएकी २८ वर्षीया आशा ओखेडा भारतको बेंगलोर शान्तिनगरबाट बेपत्ता भएकी हुन्।

बिहान ११ बजे काममा जान्छु भनेर हिँडेकी आशा आज १५ दिन बितिसक्दा पनि कतै बाट पत्ता नलागेको उनका श्रीमान् सुर्जे ओखेडाले बताए।

ओखेडाका अनुसार,आफ्नी श्रीमती झैझगडा केही नभई बिहान कामको सिलसिलामा हिँडेकी उनि अहिले सम्म सम्पर्कमा नआएकी हुन,सबै ठाउँमा खोजतलास गर्दापनि कतै नभेटिएका ओखेडाले बताए।

सम्पर्क विहिन भएकी आशालाई कहिँ कतै भेटे खबर गरिदिन आफन्तले सबैमा अनुरोध गरेका छन्। ओखेडाका सपरिवार कामको सिलसिलामा विगत पाँच वर्ष अगाडि देखि नै भारतमा गएका थिए।

Advertisementspot_img

ताजा समाचार