भीमदत्त नगरपालिकाद्वारा युवा, युवतीलाई हेयर कटिङ्ग र महिलाहरुलाई कार ड्राईभिङ तालिम

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दलित तथा विपन्न समुदायका युवा युवतीहरुलाई हेयर कटिङ्ग र कार ड्राईभिङ्ग तालिम दिएको छ ।

बेरोजगार, विपन्न तथा दलित समुदायका युवा,युवतीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराएर आत्मनिर्भर बनाउने उदेश्यले हेयर कटिङ्ग र कार ड्राईभिङ तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका उपपमुख निलम लेखक जोशीले पालिकाले नगरका बेरोजगार युवा युवतीहरुलाई स्वदेशमै रोजगारीका लागि उक्त सीपमुलक तालिम संचालन गरिएको बताइन ।

नगरपालिकाले २० जना युवा युवतीहरुलाई १८ दिने कपाल काट्ने(हेयर कटिङ्ग) तालीम दिएको छ । यस्तै नगरपालिकाले १७ जना दलित, पिछडिएका, गरिव, एकल महिलाहरुको जीवनस्तर उकास्नका लागि सवारी चालक (ड्राइभिङ) तालिम समेत दिएको छ ।

पहिलो चरणमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० का १७ जना महिलाहरुलाई ड्राइभिङ तालिम दिइएको नगरपालिकाले जनाएको छ ।अन्य वडाका महिलाहरुलाई दोस्रो चरणमा तालिम दिने नगरपालिकाको योजना रहेको छ ।

 नगरपालिकाले बजारमा श्रमिकको माग अनुरुप तालिम संचालन गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने काम गरिरहेको उपप्रमुख लेखकले बताइन ।

Advertisementspot_img

ताजा समाचार