किशोरकिशोरीलाई यौन, प्रजनन् स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण


कञ्चनपुर, असार १७
कञ्चनपुरका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण गराईएको छ ।
राष्ट्रिय महिला आवाजले समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सोमबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण गराईएको हो ।
महेन्द्रनगरको बाल जागृती कलेजको हलमा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण गराईएको राष्ट्रिय महिला आवाजले जनाएको छ ।
राष्ट्रिय महिला आवाजका अध्यक्ष खगेश्वरी बोकटी(भट्ट)ले किशोरकिशोरीहरुलाई लागु औषधको दुव्र्यसनी हुनबाट जोगाउने, किशोर,किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारे जानकारी गराउने उदेश्यले अन्तरकृया गरिएको बताईन ।
राष्ट्रिय महिला आवाजका अध्यक्ष खगेश्वरीले भीमदत्त नगरका किशोरकिशोरीहरुलाई लागु औषध एव यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अभिमुखिकरण गराईएको बताईन । धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले लागु औषधका कारण किशोरदेखि युवासम्म कुलतमा फसेर जिवन नै बर्बाद पारेको विषयमा चित्रण गर्दै प्रशिक्षण गरेका छन । कार्यक्रममा सहभागि किशोरकिशोरीले लागु औषध दुव्र्यसनीबाट मुक्त हुन र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी पाईएको बताए । कार्यक्रममा राष्ट्रिय महिला आवाजका पदाधिकारी सहितका सरोकारवाको सहभागिता रहेको थियो ।

ताजा समाचार