सडकमै बसेर किसानका समस्या समाधान गर्दै पशु प्राविधिक अधिकृत स्वार

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु प्राविधिक अधिकृत दिर्घ कुमार स्वारले सडकमै बसेर किसानका समस्या समाधान गरेका छन् ।

अधिकृत स्वार शारिरिक अपाङग छन् । अधिकृत स्वार जस्तै अपाङग भएका व्यक्तिहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका–०१ राजिपुर स्थित सामुहिक लोकल कुखुरा पालन व्यवसाय संञ्चालन गरेका छन् ।

उनिहरुले संञ्चालन गरेको उक्त कुखुरा पालन व्यवसायबाट प्रभावित भएर धेरै किसानले लोकल कुखुरा पालन शुरु गरेका छन् । ती मध्य एक हुन भीमदत्त नगरपालिका–०६ की भागरथी कार्की ।

कार्कीको कुखुरा फार्ममा बजार पठाउन तयारी अवस्थाका ३ सय भन्दा बढी लोकल कुखुरा र १९ दिनका ४ सय चल्ला रहेका छन् । केही दिनदेखी कार्कीको फार्ममा हुर्किरहेका १९ दिने लोकल कुखुराका चल्लामा स्वास्थ्य समस्या देखा परेपछि दैनिक ४/५ चल्ला मर्न थाले ।

दैनिक चल्ल मर्न थालेपछि त्यसको कारण र समस्या समाधानका लागि कार्कीले भीमदत्त नगरपालिकाको पशुपंक्षी शाखामा कार्यरत डा. दिनेश पन्तलाई कार्यालयमा गएर आग्रह गरिन् ।

चल्लाको पाष्टमार्टम गरी मर्नुको कारण पत्ता लगाई समस्या समाधान गर्न डा. पन्तलाई आग्रह गर्दा उनले उक्त काम आफ्नो नभएको भनेर फर्काइ दिएपछि कार्की निराश हुर्दै फर्किइन् ।

नगरपालिकाका पशु चिकित्सकले काम नगरिदिएपछि कार्की भेटेरिनरी अस्पतालका पशु प्राविधिक अधिकृत स्वार कहाँ पुगेपछि कार्यालयको कामले फिल्डमा रहेका स्वारले सडकमै बसेर कार्कीको समस्या समाधान गरेका छन् ।

अधिकृत स्वारले पशु रोग अन्वेषण प्रयोगशाला धनगढीमा कार्यरत डाक्टर लोकेन्द्र न्यौपानेको सल्लाहमा मरेका चल्लाको पोष्टमार्टम गरि रोग निधान गरि समस्या समाधानको खोजीमा भौतारिएकी किसान कार्कीको समस्याको समाधान गरि घर पठाएका छन् ।

किसान कार्कीले नगरपालिकाको पशु पंक्षी शाखामा कार्यरत डा. पन्तले सेवाग्राहीलाई सेवा नदिएर फर्काएपछि दुःख लागेको बताउदैँ सो सम्बन्धमा नगर प्रमुखलाई जानकारी गराउने बताइन् ।

ताजा समाचार