ड्युटीकै क्रममा बिरामी परेका प्रहरी जवान जोशीको मृत्यु

प्रकाशित मिति:

महेन्द्रनगर सुदूरपश्चिम प्रदेशमा ड्युटीकै क्रममा बिरामी परेका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको आज बिहान अत्तरियास्थित अस्पतालमा निधन भएको हो ।

डडेल्धुराको जोगबुडा घर भएका जोशी यही महिनाको २७ गते राति प्रहरी चौकी अगाडिको इन्ट्री पोस्टमा ड्युटी गरिरहेका बेला अचानक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल डोटी लगिएको प्रहरीले जनाएको छ । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अत्तरियास्थित अस्पतालमा रिफर गरिएको थियो ।

उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताइएको छ । घटनापछि प्रहरी सङ्गठनमा शोक छाएको छ ।

ताजा समाचार