कञ्चनपुर । कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । बेदकोट नगरपालिका–४ बगुनका ३९ वर्षीय देबराज भट्टलाई शनिबार दिउँसो आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अस्थायी प्रहरी बिट दैजीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत कञ्चनपुरले २०७१ मंसिर २४ गते जबरजस्ती करणी मुद्दामा भट्टलाई १ वर्ष १० महिना ५ दिन कैद सजाय सुनाएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका भट्टलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



