भोटेकोशीमा तिब्बतबाट बाढी आएपछि ६ जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कताको अपील

प्रकाशित मिति:

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा भीषण बाढी आएपछि तल्लो तटीय क्षेत्रमा पर्ने ६ वटा जिल्लामा उच्च सतर्कता अपनाउन अपील गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीको उपल्लो जलाधार क्षेत्र (तिब्बत) मा पानीको सतह ह्वात्तै बढेर नदीमा भीषण बाढी आएको हो। बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँका नदी किनार तथा तटीय क्षेत्रका बस्तीहरूमा विशेष सतर्कता अपनाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले आग्रह गरेका छन्।

बाढीले पुर्‍याउन सक्ने सम्भावित क्षतिबाट बच्न नदी किनारका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा जान र नदी आसपास नजान सूचित गरिएको छ। सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिनुका साथै तटीय क्षेत्रमा निरन्तर अनुगमन र सूचना प्रणालीलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।

ताजा समाचार