सुर्खेत । माताको रूप धारण गरी महिलामाथि दुर्व्यवहार गर्ने सुर्खेतका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
आफूलाई ‘पाथिभरा माता’ भन्दै महिलाहरूलाई भ्रममा पारी आपराधिक दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका ती युवकलाई अदालतको आदेशपछि थुनामा पठाइएको हो। पीडित महिलाका तर्फबाट परेको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
जिल्ला अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको र घटनाका सम्बन्धमा थप कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





