महेन्द्रनगर । भीमदत्त नगरपालिका-०५ ले वृद्वाश्रममा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
सोमवार भीमदत्त नगरपालिका-०५ बनगाउस्थित महिला तथा वृद्व सेवा केन्द्र वृद्वाश्रमलाई खाद्यान्न सामाग्री सहयोग गरिएको भीमदत्त नगरपालिका नगर प्रवक्ता एवम् वडाध्यक्ष पदमराज अवस्थीले बताए ।
आश्रममा खाद्यान्नको अभाव नहोस् भन्ने उदेश्यले नगपालिकाको स्थापना दिवसको अवसर पारेर वृद्वाश्रममा रहेका वृद्ववृद्वाहरुका लागि खाद्यान्न सामाग्री सहयोग गरिएको अध्यक्ष अवस्थीले बताए ।
भीनपा-०४, ०६ का वडाध्यक्ष, भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामी लगाएत वडा सदस्यहरुको उपस्थितिमा उक्त सामाग्री सहयोग गरिएको थियो ।