अन्तराष्ट्रिय नारी दिवस मनाउने विषयमा भीमदत्त नगरले ग¥यो सरोकारवालाहरुसंग छलफल

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मार्च ८ (फागुन २४) मा हुने अन्तराष्ट्रिय नारी दिवस मनाउने विषयमा सरोकारवालाहरुसंग छलफल गरेको छ ।

मंगलवार नगर उपप्रमुख नीलम लेखक जोशीको अध्यक्षतामा बसेको बैठकले अन्तराष्ट्रिय नारी दिवस कसरी मनाउने लगाएतका विषयमा नगरपालिकास्थित गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसंग छलफल गरेको हो ।

लागुऔषध दुव्र्यसन, मानव बेचविखन, साइवर अपराध, महिला हिंसा विरुद्ध सचेतनामुल संदेश समाजमा प्रवाह हुने क्रियाकलाप गरी नारी दिवस मनाउने विषयमा छलफल भएको नगर उपप्रमुख जोशीले बताइन् ।

‘पछिल्लो समय लागु औषध दुव्र्यसन, मानव बेचविखन, साइवर अपराध, महिला हिंसा बढ्दै गइरहेको छ ।’ उनले भनिन् ‘ती कुराहरुलाई मध्यनजर गर्दै नारी दिवसका अवसरमा लागु औषध दुव्र्यसन, मानव बेचविखन, साइवर अपराध, महिला हिंसा विरुद्ध सचेतनामुलक सडक नाटक वा नृत्य, रक्तदान लगाएतका कार्यक्रम गर्ने निर्णय भएको छ ।’

बैठकमा भीमदत्त नगरपालिकामा रहेका गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार